गायब भएका सन्दीप लामिछाने सिंगापुरमा

होस्ट खबर ३१ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने सिगापुर पुगेको खुलेको छ । एक नाबालिग किशोरीले आफूलाई बलात्कार गरेको भन्दै सन्दीपबिरुद्ध उजुरी हालेपछि उनी सम्पर्कविहीन भएका थिए ।

क्यारेवियन लिग खेल्न वेस्ट एन्डिज पुगेकै बेला उनीबिरुद्ध गौशाला प्रहरीमा उजुरी परेको थियो । त्यसपछि सन्दीप क्यानको सम्पर्कमा आएका थिए । साथै क्यानले सन्दीपलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।

त्यसपछि सन्दीपले सामाजिक संजालमार्फत आफू दोषी नभएको दावी गर्दै कानूनले सहि र सत्यतथ्य छानविन गर्ने अपेक्षा गरेका थिए ।

त्यसपछि उनी एकैपटक सिंगापुर पुगेको बुझिएको छ । उनले सिंगापुरमै बसेर कानूनी उपचार लिने प्रयन्त गरिरहेको बुझिएको छ । उनको परामर्शका लागि नेपालबाट अधिवक्ता सरोज घिमिरे सिंगापुर गइसकेको स्रोतले बताएको छ । तर सन्दीपले भनेजस्तो वारेसी मार्फत कानून लडाइको सुविधा नभएको विज्ञहरु बताउँछन् ।

देवानी मुद्दामा वारेसमार्फत लड्न सकिने प्रावधान भए पनि फौजदारी मुद्दामा त्यस्तो सुविधा नहुने बताइन्छ । त्यसैले सन्दीप कानूनी लडाइका लागि नेपाल अनिवार्य आउनै पर्नेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array