काठमाडौं : आज मध्य र पश्चिम नेपाल क्षेत्रका धेरै स्थानमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा हुनसक्छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना पनि छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
राति लुम्बिनी र सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिबार लुम्बिनी र सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भूभागमा सरदर स्थानमा र पूर्वी भूभागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ। भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्