रोकिएन महँगीको पारो

होस्ट खबर ३१ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : चालू आर्थिक वर्षको पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फिीति ८।३६ प्रतिशत रहेको छ ।

aनेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आ।व।को साउन महिनामा ४.३५ प्रतिशत मुद्रास्फीति रहेकोमा यसपटक करिब ९ प्रतिशत पुगेको हो ।

नेपालीहरूका ठूला चाडवाड आइरहेको अवस्थामा उपभोक्तामाथि अझ मूल्यवृद्धिको चाप पर्ने अनुमान छ । साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिीति ७.११ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फिीति ९.२८ प्रतिशत रहेको छ ।

२०७८ साउनको तुलनामा २०७९ साउनमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफुल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र दुग्ध पदार्थ अण्डा उपसमूहको क्रमशः १९.५८ प्रतिशत, १८.७९ प्रतिशत, ११.८४ प्रतिशत, १०.२४ प्रतिशत र १०.१९ प्रतिशत रहेको छ ।

साथै, गैरखाद्य तथा सेवा समूह अन्तर्गत यातायात, स्वास्थ्य, फनिसिङ तथा घरायसी उपकरणहरु, शिक्षा र घरायसी उपयोगका वस्तुहरु उपसमूहको मुद्रास्फीति क्रमशः २३.८८ प्रतिशत, १०.५४ प्रतिशत, ९.०४ प्रतिशत, ८.११ प्रतिशत र ७.८६ प्रतिशत रहेको छ।
कारोबार दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array