टीकापुर काण्डको मुद्दा फिर्ता गर्ने तयारी

होस्ट खबर ३१ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : सरकारले टीकापुर हत्याकाण्डसम्बन्धी मुद्दा खारेजीका प्रक्रिया अघि बढाउने भएको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको हो ।

टीकापुर काण्डमा धेरै छलफल भयो । त्यसमा कानुन संशोधन गरेर सरकारले मुद्दा फिर्ता लिने निर्णय भएको छ, सरकारका एक मन्त्रीले भने । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने उद्देश्यले राजनीतिक रुपमा सबै प्रकारका विवादित मुद्दा फिर्ता लिने निर्णय गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सरकारले टीकापुर घटना सम्बन्धि मुद्दा खारेजी प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई समेत निर्देशन दिइसकेको छ ।

यसका साथै सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र स्वतन्त्र समूहको मुद्दा खारेजी प्रक्रिया पनि अगाडि बढाउने निर्णय गरेको छ । आजको नागरिक दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array