देशभरको मौसम आंशिकदेखि सामान्य बदली

होस्ट खबर २९ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ : आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।​ हाल देशभर सामान्य बदली रही प्रदेश १, सुदूरपश्चिम, गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्