नवौं राष्ट्रिय खेलकुद क्रिकेट प्रतियोगितामा कर्णालीको पहिलो जित

होस्ट खबर २८ भाद्र २०७९, मंगलवार
2 Min Read
Aa

सुर्खेत : नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेशले पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित टियु मैदानमा कर्णालीले मधेश प्रदेशलाई ३ रनले हराएको हो ।

कर्णालीले दिएको १ सय १५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मधेसले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनायो । मधेसका लागि हरिशंकर शाहले ४८ रन बनाए । रोहन विकले १० तथा राकेश कामतले अविजित १९ रन बनाए । अन्य ८ ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

कर्णालीका लागि दिनेश अधिकारीले ३ तथा दिवान पुन र रविन्द्र जंग शाहीले २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले २० ओभरमा अलआउट हुँदै १ सय १४ रन जोडेको थियो ।

उसका लागि विपिन रावलले २४ तथा प्रकनश जैशीले १९ रन बनाए । दिनेश अधिकारीले १५ तथा कप्तान रविन्द्र जंग शाहीले १० रन बनाए । मधेशका आदिल आलमले ५ तथा हरिशंकर शाहले २ विकेट लिए ।

यस जितसँगै कर्णालीले ४ खेलमा ५ अंक जोडेको छ । समूह ‘ए’ मा रहेको कर्णाली दोस्रो स्थानमा उक्लिएको छ । मधेशले ५ खेलमा ३ अंक जोडेको छ । मधेश चौंथो स्थानमा रहेको छ । र मधेस प्रतियोगिताबाट बाहिरिएको छ ।

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।

प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array