कस्तो रहला आजको मौसम ?

होस्ट खबर २५ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक देखि सामान्य बदली रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ र बाँकी प्रदेशका एकदुई स्थानमा हल्का भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू९भागका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array