आज कस्तो रहला दिनभरको मौसम ?

होस्ट खबर २३ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं : काठमाडौंका विभिन्न स्थानमा बिहीबार बिहान भारी वर्षा भएको छ । बुधबार रातिदेखि नै मौसम प्रतिकुल रहेकामा बिहान वर्षा बढेको हो । तल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । उपत्यकासहित प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा वर्षा भइरहेको छ।

यस्तै दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।

यस्तै राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशहरूको एकदुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशको एक/दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array