हल्का देखि मध्यम वर्षाको सम्भावना

होस्ट खबर २२ भाद्र २०७९, बुधबार
1 Min Read
Aa
फाइल फोटो

काठमाडौं : हाल देशभरको मौसम आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array