यस्तो छ आजको मौसम !

होस्ट खबर २१ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : पछिल्लो समय मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तर तर्फ र पश्चिमतिर सरदर स्थानको आसपास अवस्थित छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ का थोरै स्थानहरूमा र बागमती प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मंगलबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूको एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १ र मधेस प्रदेशको एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ।

बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: