यस्तो छ आजको मौसम

होस्ट खबर २० भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं : प्रदेश १, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ।

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सोमबार राति पनि प्रदेश १, मधेस, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array