कांग्रेसले आलमलाई उम्मेदवार नबनाउने

होस्ट खबर १९ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं : नेपाली कांग्रेस रौतहट क्षेत्र नं २ कार्यसमितिले प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेका मोहम्मद अफताब आलमलाई कांग्रेसले टिकट नदिने भएको छ । रौतहटबाट सिफारिस आए पनि उम्मेदवार नबनाउने भएको हो ।

जिउँदो मान्छेलाई इँटा भट्टामा हालेर जलाएको आरोपमा थुनामा रहेका आलमलाई कांग्रेस रौतहट क्षेत्र नं २ ले प्रतिनिधि सभाका लागि एकल उम्मेदवार सिफारिस गरेको थियो ।

यसअघि रौतहट–२ बाट प्रतिनिधि सभामा निर्वार्चित आलम बम बिस्फोटमा संलग्न रहेको र घाइतेलाई जिउँदै इँटाभट्टामा हालेको आरोपमा पक्राउ परेपछि निलम्बनमा परेका थिए । नेपाल समाचारपत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array