काठमाडौं : महिनौंदेखि त्रिभुवन विश्वविद्यालयमा भएको बन्द र हड्तालले आजित बनेका कीर्तिपुरका स्थानीयलेृ दुई दिनभित्र ताला नखोले स्थानीयवासीको सक्रियतामा ताला फुटाउने चेतावनी दिएका छन् ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
एक साताअघि त्रिविको ताला खोल्न माग गर्दै पत्र टाँसेका स्थानीयले तालाबन्दी गर्ने सरकारआबद्ध नेपाल विद्यार्थी संघलाई दुई दिनभित्र ताला खोल्न अल्टिमेटम दिएको छ ।
स्थानीय देव महर्जनले ताला नखोले कीर्तिपुरवासीले ताला खोल्ने जानकारी दिँदै भने, ‘परपपूर्वकालदेखि हामी हिड्ने बाटोमा ज्यानको जोखिम बढेकाले विभिन्न निकायलाई तत्काल ताला खोलेर बाटो खाली गर्न आग्रह गरिसकेका छौं । स्थानीयले बिहीबार कीतिपुरका नेपाली कांग्रेसका नेताहरूसँग छलफल पनि गरिसकेका छन् । उनीहरूले एकदुई दिन भनेका कारण कुरिरहेका छौं ।’
३ वर्षमा ३ महिना बढी तालाबन्दी हुँदासमेत चुप लागेर बस्ने त्रिविका पदाधिकारीले यस्तो गम्भीर विषयमा खासै ध्यान नदिएको आरोप लगाउँदै महर्जनले भने, ‘अब अति भयो, नेविसंघ र कांग्रेसका नेताहरूको आग्रहमा सोमबारसम्म कुर्नेछौं , नभए मंगलबार बिहान कीर्तिपुरका स्थानीयवासी सबै भेला भएर ताला फोड्नेछौं । हामीले ताला फोडेपछि वा नेविसंघले खोलेमा फेरि कहिल्यै पनि बन्द गर्न दिनेवाला छैनौं ।’ नागरिक दैनिकबाट
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्