एमालेसँग सहकार्यको सम्भावना छैन, एससँग पार्टी एकता हुन्छ: प्रचण्ड

होस्ट खबर १७ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

सुर्खेत : नेकपा माओवादी केद्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताए । एमालेले विगतका कमी कमजोरी नसच्याएसम्म त्यसबारे सहकार्यको सम्भावना नरहेको प्रचण्डले बताएका छन् । सत्ता गठबन्धनभित्र सिट बाँडफाँडको काम सहमती नजिक पुगेको भन्दै उनले तत्कालका लागि एमालेसँग कुनै पनि प्रकारको सहकार्य नहुने बताए।

उनले नेकपा एकीकृत समाजवादीसँग भने  पार्टी एकताको प्रयास भइरहेको बताएका छन् । आज पार्टीको प्रदेशस्तरिय भेलालाई सम्बोधन गर्न सुर्खेत आइपुगेका प्रचण्डले सुर्खेत विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै सो कुरा बताएका हुन्।

‘समाजवादीसँग एकताको प्रयास भइरहेको छ, छलफल सकारात्मक पनि हुँदै गएको छ, सहमति जुटेपछि हामी संयुक्त घोषणापत्र पनि जारी गर्छौं’, उनले भने ।

प्रचण्डले गठबन्धनभित्र सिट बाँडफाँट करिब सहमतिको अन्तिम बिन्दुमा आएकाले प्रदेश र क्षेत्रसहित एकैपटक टुंगो लगाउनेगरी छलफल चलिरहेको बताए । सिट संख्यामात्र नभई प्रदेश र क्षेत्रसमेत एकैपटक टुंगोमा पुर्‍याउने गरी छलफल अघि बढेको बताउँदै उनले गठबन्धनभित्र कुनै समस्या नरहेको बताए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array