कस्तो छ आजको मौसम ?

होस्ट खबर १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ : दिउँसो दिनभर देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान शाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । यसैगरी, राती पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रदेश नं १, मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

मौसम विभागका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array