प्रतिनिधी सभा सदस्यमा जाजरकोटबाट मेरो उम्मेदवारी रहन्छ: कार्की

होस्ट खबर १४ भाद्र २०७९, मंगलवार
2 Min Read
Aa

जाजरकोट : सरकारले आगामी मंसिर ४ गते प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन मिति तोके सँगै देशभर बाट उम्मेदवारी घोषणा गर्नेको संख्या बढिरहेको छ । राजनीतिक दलहरु कहाँ बाट कसलाई उठाउने भन्ने हिसावकिताव गरिरहेका छन् ।

सत्ता गठबन्धन भित्रका दलहरुलाई उम्मेदवार छनौट गर्न सकस परिरहेको छ । पछिल्लो समय देशभर स्वतन्त्र उम्मेदवारहरुको संख्या बढिरहेको छ । यसैवीच जीवन रुपान्तरणका अन्तर्राष्ट्रिय प्रशिक्षक नरबहादुर कार्कीले आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभाको निर्वाचनमा जाजरकोट बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । जाजरकोट पुगेर पत्रकार सम्मेलन गरी कार्कीले प्रतिनिधी सभा सदस्यमा आफ्नो उम्मेदवारी रहने बताएका हुन् ।

विभिन्न सामाजिक अभियानमा सक्रिय कार्कीले जाजरकोटी जनताले भोट दिएर जिताएमा यहाँका जनताले गर्व गर्न लायक काम गर्ने बताए । जाजरकोटको छेडागाड नगरपालिका १२ कार्कीगाउँमा जन्मिएका कार्कीले विश्वका धेरै देशहरुका प्रशिक्षण दिईरहेका छन् । यसभन्दा अघिल्लो निर्वाचनमा समेत जाजरकोट प्रदेश सभा ९ख० उम्मेदवारी घोषणा गरेका कार्कीले वामगठबन्धनका कारण उम्मेदवारी फिर्ता दिएका थिए ।

यस पटकको निर्वाचनमा राजनीतिक दल भन्दा माथि उठेर जाजरकोटका समस्याहरु समाधान गर्ने गरी निर्वाचनको घोषणा गरेको कार्की बताउँछन् । यहाँका समस्या, गरिवी, पछौटेपन, चेतनास्तरलाई नजिक बाट बुझेको र जाजरकोट समृद्ध बनाउने संकल्प बोकेर अगाडि बढेको भन्दै कार्कीले यसपटक निर्वाचनमा विचार गरी भोट हाल्न समेत आग्रह गरेका छन् । समान्य गरिवका छोराछोरीले पैसा विनै कसरी चुनाव लड्न सकिन्छ भन्ने आफु बाट सिकाई हुने समेत दावी गरे ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array