सुपर डान्सर नेपालको अतिथि निर्णायक गोविन्दा

होस्ट खबर १३ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ : फिजिकल तथा डिजिटल अडिसन अनि मेगा अडिसन हुँदै हाल ग्रान्ड प्रिमियरको तयारी भइरहेको सुपर डान्सर नेपालको एउटा भागमा भारतीय अभिनेता गोविन्दा पनि देखिनेछन् । गोविन्दा पत्नीसहित सोमा देखिनेछन् । गत शनिबार दुवैले यो भागको सुटिङ गरेका थिए ।

बलिउड अभिनेता गोविन्दा आफ्नो फरक शैली अनि नृत्यकलाका कारण परिचित छन्, उनका थुप्रै सिनेमा सफल त् छन् नै हरेक सिनेमामा उनले देखाउने डान्सका कारणले समेत उनी सबै माझ थप चर्चित छन्।

उता गोविन्दा दम्पतीले समेत आफू यो सोलाई लिएर उत्साहित रहेको र आगामी दिनमा समेत यस्ता उत्कृष्ट नेपाली सोमा आफूहरुको उपस्थिति रहने कुरामा समेत प्रतिबद्ध रहेको जनाए। नेपाली ज्वाईँको उपमा पाउदा आफूलाई गर्व हुने साथै ज्वाई र चेलीलाई माइतीले सम्झिएर निम्ता दिए आफूहरु बारम्बार नेपाल आउन तयार रहेको बताएका थिए ।

देशभरबाट छानिएका सयौँ डान्सर भाइबहिनीबाट छानिएका सुपर १२ प्रतिस्पर्धी छानिसकिएको र अबको हप्ताबाट उनीहरु बीच कलात्मक प्रतिस्पर्धा हुनेछ । मङ्सिर दोश्रो हप्ता देशले पहिलो सुपर डान्सर नेपाल प्राप्त गर्ने छ। कान्तिपुर टेलिभिजन एचडी अनि ओएसआर रियालिटी युट्युब ,मार्फत यो सो हरेक हप्ता बिहीबार अनि शुक्रबार प्रसारण भइरहेको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array