बालेनलाई महेश बस्नेतको काउन्टर

होस्ट खबर १० भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : काठमाडौं महानगरपालिकाभित्र नक्सा पासबिना बनाइएका संरचना हटाउने अभियानबारे नगरप्रमुख बालेन्द्र शाह बालेन र एमाले नेता महेश बस्नेतबीच फेसबुकमा दोहोरी चलेको छ । बस्नेतले आफ्नो घरको नक्सा हेर्न मन लागेको भए सूर्यविनायक नगरपालिकामा काजमा आउन बालेनलाई चुनौती दिएका छन् ।

बालेनले सामाजिक सञ्जालबाटै बस्नेतलाई ‘तपाईँको घरको नक्सा पास छ कि छैन’ भनेर प्रश्न गरेका थिए । यो विवाद बिहीबार नयाँबानेश्वर क्षेत्रको अल्फाबिटा कम्प्लेक्सले बनाएको अवैध संरचना महानगरले भत्काएपछि सुरु भएको हो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array