यस्तो रहनेछ आजको मौसम

होस्ट खबर ९ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र मधेस प्रदेशका एक–दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। रातको समयमा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा भई प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव पाँच डिग्री र अधिकतम तापक्रम ३१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव एक डिग्री र सबैभन्दा बढी दिपायलको अधिकतम तापक्रम ३६ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array