नागरिकता विधेयकलाई राष्ट्रघाति भन्नु नै पाखण्ड हो: प्रचण्ड

होस्ट खबर
होस्ट खबर ८ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकलाई गलत ढंगले प्रचार गरिएको बताएका छन्।

बुधबार बिहान चितवन पुगेका प्रचण्डले नागरिकता विधेयकलाई गलत ढंगले गलत उदेश्यका लागि प्रचार गरेको बताएका हुन् ।

उनले नागरिकता विधेयकमा नेपाली आमाबुबा भएकाको छोराछोरीले मात्र नागरिकता पाउने कुरा रहेको बताउँदै नागरिकता विधेयकलाई राष्ट्रघाति भन्नु नै पाखण्ड बाहेक केहि नभएको जिकिर गरे ।

उनले भने, ‘केपी ओली प्रधानमन्त्री हुँदा नागरिकता विधेयकलाई अध्यादेसको रुपमा लगिएको थियो। अहिले तिनीहरुले यहि विधेयकलाई संसदमा ल्याउँदा राष्ट्रघाति भन्नु भन्दा बेइमानी अनैतिकता अरु केहि हुन सक्दैन।’

प्रचण्डको आज आफ्नो निर्वाचन क्षेत्र चितवन क्षेत्र नं ३ का विभिन्न ठाउँका सडक शिलान्यासदेखि पुल उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्