वीरेन्द्रनगरका सामुदायिक बिधालयहरुले भदौ ७ बाट पठनपाठन बन्द

होस्ट खबर २ भाद्र २०७९, बिहीबार
2 Min Read
Aa

सुर्खेत : वीरेन्द्रनगरका सामुदायिक बिधालयहरुले भदौ ७ गते मंगलबारबाट पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् । हिजो वीरेन्द्रनगर सुर्खेतको जन नमुना माध्यमिक बिधालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिद्यार्थीबाट उच्च अदालतको परमादेश विपरीत शुल्क उठाएको भन्दै नगद सहित कागजात नियन्त्रणमा लिएको थियो ।

आज वीरेन्द्रनगरका सामुदायिक बिधालयहरुले विज्ञप्ती निकाल्दै सामुदायिक बिधालयको भावनालाई सम्बोधन नगरिएको भन्दै भदौ ७ गतेबाट पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन । नेपालको संविधान २०७२ र सम्मानित उच्च अदालत सुर्खेतको मिति २०७९।४।२५ को फैसलाको मातहतमा रहि वीरेन्द्रनगर नगरपालिका क्षेत्रका विभिन्न विद्यालयहरुले अभिभावकको तर्फबाट स्वैच्छिक रुपमा प्रदान गरिएको सहयोगको आधारमा विद्यालयहरु संचालन गरिरहेको कुरा स्पस्ट पार्दै । शिक्षा ऐनले तोकेको शिक्षक विद्यार्थी अनुपात भन्दा झण्डै दोब्बर संख्यामा विद्यार्थी भर्ना भई बालबालिकाको पढ्न पाउने अधिकारको खोजि गरिरहदा अभिभावकले थोरै रकम सहयोग गरि वीरेन्द्रनगर पालिकाका सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरण सिर्जना गरेको अबस्थामा विद्यालयहरु संचालित भैरहेको र यसरी अभिभावकबाट प्राप्त स्वेच्छिक सहयोगवाट संचालित विद्यालयहरुमा विभिन्न निकाय, व्यक्ति र संस्थाहरुबाट पटक पटक गरिने अबरोध तथा अनुचित हस्तक्षेपका कारण विद्यालयको पठनपाठन, अभिभावकको भावना, विद्यार्थीको सपना र शिक्षक तथा विद्यालयका अभिभावकीय संस्थाहरुको मनोबल र आत्मसम्मानमा चोट पुगेको उल्लेख विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तो विषम परिस्थितिमा श्री जन नमूना मावि वीरेन्द्रनगर सुर्खेतमा मिति २०७९।०५।०१ गते घटेको घटनालाई लिएर विभिन्न संचार माध्यम तथा सामाजिक संजालमा गरिएको अनर्गल टिकाटिप्पणी प्रति घोर आपत्ती जनाउदै । यस्तो परिस्थिति कायमै रहेमा सरकारी निकायको थप अनुदान सहयोग वा अभिभावकको सहयोग बिना स्वीकृत दरबन्दीको अनुपातमा बाहेक कक्षा ११ मा नयाँ विद्यार्थी भर्ना लिन र अन्य कक्षाहरुको नियमित पठनपाठन सुचारु गर्न नसकिने बाध्यात्मक अबस्थामा पुगेको व्यहोरा स्पष्ट पार्दै वीरेन्द्रनगरका सामुदायिक बिधालयले सयुक्त विज्ञप्ती निकालेका हुन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array