प्रमुख प्रशासकीय अधिकृतको सक्रियतामा ठूलो दुर्घटना ट¥यो

होस्ट खबर १ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

सुर्खेत : सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मेहेलकुनामा रहेको सुरेश खत्री चाइनिज फास्टफुट (नास्ता पसल) मा आगलागी भएको छ । बुधबार विहान करिव साढे ५ बजेतिर पसलमा आगलागी भएको मेहेलकुना प्रहरी चौकी कार्यालयका प्रहरी नायव निरीक्षक कृष्णप्रसाद खड्काले जानकारी दिए । खाना पकाउने ग्याँस लिंक भएर आगलागी भएको हो । विहान नास्ता पकाउने क्रममा ग्याँस चुलो बाल्न खोज्दा एक्कासी आगलागी भएको हो ।

आगलागीबाट काउन्टर ¥याक, नास्ता बनाउने टेबुल लगाएतका फर्निचर तथा किचनका सामग्रीहरु नष्ट भएका छन् । आगलागी भएको सूचना पाउन लगतै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवकिरण बुढाको नेतृत्वको टोलि आगलागी नियन्त्रणमा खटिएका थिए । ‘आगलागी भएको जानकारी पाउन वितिक्कै म आफै दमकलसहित आगो नियन्त्रणमा खटिए’ प्रमुख प्रशासकीय अधिकृत बुढाले भने, ‘समयै उद्धार भएका कारण ठूलो दुर्घटना हुनबाट जोगियो, नास्ता पसलका सामग्री जले पनि मानविय क्षति हुन पाएन ।’

नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । आगो नियन्त्रण गर्न नगरपालिकाका कर्मचारीहरु खिमबहादुर सोनी, खिम गिरी, ललित मल्ल, खगेन्द्र माझी, प्रहरी र स्थानीहरु खटिएका थिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array