कस्तो रहला आज दिनभरको मौसम ?

होस्ट खबर २९ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

सुर्खेत : आज बिहान मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमका एक/दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

सोमबार बाग्मती, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आकलन गरिएको छ ।

मंगलबार कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array