न्याय माग्दामाग्दै थाकिन् निहारिका

होस्ट खबर २८ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं : शीतलनिवासको भव्य महलभित्र बस्छिन्, राष्ट्रपति विद्यादेवी भण्डारी। त्यही महलअघि शुक्रबार एक महिलाले आत्मदाहको प्रयास गरिन्। ती महिलाले शरीरमा एक बोतल पेट्रोल खन्याइन्, अर्को बोतल खन्याउने तरखर गर्दै थिइन्। त्यसपछि सायद सलाई कोरेर शरीरमा आगो लगाउने योजनामा थिइन् उनी।

त्यत्तिकैमा प्रहरीले झम्टेर उनलाई बचायो। न्यायको भिख माग्दामाग्दै थाकेर उनी आत्मदाहको स्थितिमा पुगेकी हुन्। न्यायका लागि उनले परिवारको साथ खोजिन् तर तिरस्कृत मात्र भइन्, अदालत धाइन्, उल्टै अपमान खेपिन्, सरकारसँग महिनौं गुहार मागिन् तर त्यसले पनि सुन्दै सुनेन।

यसरी महिनौंको चित्कार कसैले नसुनेपछि उनी आत्मदाहको स्थितिसम्मुख पुगेकी हुन् ‘कुमारी आमा’ अर्थात् सोनालकुमारी सिंह (निहारिका राजपुत) । जलेश्वर नगरपालिका(८, महोत्तरीकी २१ वर्षीया निहारिका आफूमाथि बलात्कार भएको भन्दै २९ महिनादेखि न्यायको भिख माग्दै भौंतारिइरहेकी छन्।

उनीसँग बलात्कारबाट रहेको गर्भबाट जन्मिएको दुई वर्षीय छोरा समेत छ। यसरी साढे दुई वर्षसम्म एक्लै न्यायका लागि भौंतारिँदा पनि न्याय मिल्ने छाँटकाँट नदेखिएपछि उनी आत्मदाहको स्थितिमा पुगेकी हुन्। नागरिक दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array