एकैदिन १० हजार जनालाई कसले दियो बिदा ?

होस्ट खबर २५ श्रावण २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं : संघीय सरकारका १० हजारभन्दा बढी नायब सुब्बा मंगलबार एकाएक आन्दोलित हुँदा संघीय सरकार मातहतका सबै कार्यालय ठप्प भए । जसका कारण सेवाग्राहीले दुःखकष्ट भोग्न बाध्य भए ।

सरकारी कार्यालयमा सेवा लिन आएका सेवाग्राही ‘बिनासूचना कार्यालयले सेवा नदिएको’ भन्दै आक्रोशित बने । सिंहदरबारस्थित मन्त्रालयका काम काजसमेत सुब्बाको आन्दोलनका कारण ठप्प भएको हो ।

सुब्बा एकैपटक बिदामा मात्रै बसेनन्, सिंहदबारमा नाराबाजीसमेत गरे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अर्थ मन्त्रालय गेटबाहिर उनीहरूले सरकारविरुद्ध नाराबाजीसमेत गरे ।

निजामती सेवा ऐनको दफा ५१ मा ‘निजामती कर्मचारीले कुनै पनि कार्यालय वा अधिकृतको कानुनद्वारा निर्धारित कर्तव्य पँरा गर्नमा बाधा–विरोध हुनेगरी हड्ताल वा कलम बन्द गर्न नपाइने’ व्यवस्था गरिएको छ । यसविपरीत नायब सुब्बाले आन्दोलन गरेका हुन्

सुब्बाहरू एकैपटक आन्दोलनमा उत्रिएपछि देशभरका जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय, यातायात, वैदेशिक रोजगार, श्रमलगायत कार्यालयका काम ठप्प भए । सेवाग्राही कार्यालयमा गएर त्यसै फर्कन बाध्य भएका थिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरमा समेत मंगलबार कुनै काम हुन सकेन । देशभरका संघीय कार्यालय यसरी नै ठप्प भए । कार्यालय एकाएक ठप्प हुँदा सरकारका अधिकृत, उपसचिव, सहसचिव र सचिव नै अचम्ममा परे । देशभरका नायब सुब्बालाई एकैपटक बिदा दिने सम्बन्धित अधिकारी र कार्यालय प्रमुख पनि दोषी देखिएका छन् ।

मन्त्रालय तथा अन्य सरकारी कार्यालयमा मंगलबार काम गर्न गएका सुब्बाभन्दा माथिका र तलका सबै कर्मचारी बेकामेजस्तै बने । कुनै पनि काममा टिप्पणी उठाएर त्यसलाई अधिकृत वा माथिल्लो निकायमा पु¥याउन सुब्बाको ठँलो भँमिका रहन्छ । यस्तो भँमिकामा रहने उनीहरू अनुपस्थित भइदिँदा सबै सरकारी कार्यालयका काम ठप्प भएको हो ।

आन्दोलनमा उत्रिएका सुब्बाले आफँहरूले बिदा लिएको बताएका छन् । तर, आन्दोलन गर्नकै लागि उनीहरूलाई ‘किन बिदा दिइयो ?’ भन्ने प्रश्न उठेको छ । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array