काठमाडौं : सरकारले आगामी ४ मंसिरका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मिति तोकेपछि नेपाल प्रहरीले सुरक्षाका लागि रणनीति बनाउन आन्तरिक तयारी थालेको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
निर्वाचन मिति तय गरिएलगत्तै सुरक्षा तयारी अघि बढाएको प्रहरी प्रधान कार्यालयले ‘सुरक्षा योजना’ बनाउन केन्द्रीय तहदेखि प्रदेश र जिल्लामा निर्वाचन सेलको ‘मोडालिटी’ बनाएको हो ।
नेपाल प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले केन्द्रदेखि प्रदेश र जिल्लासम्म नै निर्वाचन सेल गठन गरेको छ ।
केन्द्रमा रहने केन्द्रीय निर्वाचन सेलको नेतृत्व प्रहरी प्रधान कार्यालयले कार्यविभागका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल थापालाई दिएको छ । उनी नेतृत्वमा रहने केन्द्रीय निर्वाचन सेलले देशभरको सुरक्षा अवस्था विश्लेषण गर्दै आवश्यक तयारीका लागि जिम्मेवारी सम्हाल्नेछ ।
प्रदेशगत र जिल्लागत रूपमा निर्वाचन सेल गठन गर्नसमेत पत्राचार गरिसकेको प्रधान कार्यालयले सोमबार प्रदेशस्तरीय निर्वाचन सेल र जिल्ला तहमा पनि निर्वाचन सेल गठन गरेर चुनावी सुरक्षा तयारी गर्न सातै प्रदेश र ७७ जिल्लामा पत्राचार गरेको हो । राजधानी दैनिकबाट
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्