यस्तो हुनेछ आजको मौसम

होस्ट खबर २३ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहेको छ । कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति प्रदेश १ र बागमती प्रदेशका केही तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array