कक्षा ११ मा भर्ना साउन मसान्तसम्म लिइसक्नुपर्ने

होस्ट खबर १९ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को भर्ना आगामी साउन अन्तिमसम्म लिन विद्यालयहरुलाई आग्रह गरेको छ ।

कक्षा ११ को लागि धेरै विद्यालयले एक साताभित्रै विद्यार्थी भर्ना गर्न मिल्ने गरी आवेदन माग गरेलगत्तै बोर्डले सार्वजनिक सुचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

कक्षा ११ मा पढ्न चाहने विद्यार्थीहलाई फरक–फरक भर्ना तालिका तय गरी छोटो समयको मात्र म्याद थपेर बोर्डले सुचना जारी गरेको हो । नतिजा सार्वजनिक भएको कम्तीमा १५ दिनसम्म आवेदन दिन सकिने ब्यवस्था मिलाउन समेत बोर्डले निर्देशन दिएको हो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array