आज विश्व वातावरण दिवस : राजविद्यामा वृक्षारोपण

होस्ट खबर २२ जेष्ठ २०७९, आईतवार
2 Min Read
Aa

दाङ – आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका सङ्घसंस्थाले विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरेका छन् ।

यसैबिच दाङस्थित राजविद्या पाठशालाका विद्यार्थीहरुले विद्यालयमा परिसरमा वृक्षारोपण गरेर विश्व वातावरण दिवस मनाएका छन् । विश्व वातावरण दिवसका अवसिरमा विद्यार्थीहरुले विद्यालय परिसरमा विभिन्न प्रजाति विरुवाहरु रोपेका हुन् । विभिन्न दिवसका अवसरमा विद्यार्थीहरुलाई सहभागी गराउँदै आएको विद्यालयले जनाएको छ ।

‘हरेक दिवस र पर्वमा विद्यार्थीहरुलाई सहभागी गराएर त्यसको महत्व बुझाउने प्रयास गर्दछौँ । यही संसकार र संस्कृतिसहितको शिक्षा हाम्रो प्राथमिकता रहेको छ । नेपाली समाज तथा विश्व परिवेशका महत्वपूर्ण संस्कृतिमा हामीले जोड दिने गरेका छौँ ।’ विद्यालयका प्रिन्सिपल टीकाजंग बिकेले जनाए । उनले भने, ‘विश्व वातावरण दिवसका अवसरमा विरुवा रोप्नुका साथै वातावरणको संरक्षण गर्ने तरिका पनि हामीेले सिकायौँ । यही सीप घरमा पनि लागु होस् भन्ने अभिप्राय हाम्रो हो । विद्यार्थीहरुलाई व्यवहारिक बनाउँदै लैजाने हो । परिवर्तनको थालनी विद्यार्थीहरुबाट बढी प्रभावकारी हुन्छ ।’

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाइने गरिन्छ । ‘केवल एक पृथ्वी’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘प्रकृतिसँग मेलमिलापमा दिगोरूपमा बाँच्ने’ भन्ने मूल विषयका साथ यो वर्ष विश्व वातावरण दिवस मनाउन लागिएको हो ।

नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापन ः पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्