अकेशाको बियोगमा ब्यास : ‘लाइफ इन एलए’को गीत सार्वजनिक

होस्ट खबर ३ जेष्ठ २०७९, मंगलवार
1 Min Read
Aa

आगामी जेठ ६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लाइफ इन एलए’को नयाँ गीत सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गीत ‘बसन्त’ वियोगान्त लाग्छ ।

आर्यन पाठकको शब्द, संगीत र स्वर समावेश गीतमा ब्यास बिस्सु र अभिनेत्री अकेशा विष्ट फिचर्ड छन् ।

अमेरिकी सपना लिएर त्यहाँ पुग्ने नेपालीको कथामा निर्माण भएको फिल्मलाई सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् । शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक मुख्य भूमिकामा छन् ।

फिल्मलाई नेपाल र अमेरिकामा छायांकन गरिएको हो ।

ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मको निर्माता ब्यास स्वयम हुन् । वली एसोसियट निर्देशक रहेको फिल्मको कार्यकारी निर्मातामा संसार सुवेदी र निर्मातामा राजेन्द्र ठकुराठी छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array