काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनका लागि ३ दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।मतदान केन्द्र रहेका विद्यालय यहि वैशाख २८ गतेदेखि ३० गतेसम्म बन्द गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । मतदान प्रयोजनका लागि विद्यालय भवन उपयोग गर्नुपर्ने भएकोले मतदानस्थल तथा मतदान केन्द्र तोकिएको विद्यालयहरुमा विद्यार्थीको भौतिक उपस्थितिको पढाई ३ दिनसम्म बन्द गर्न अनुरोध गरेको केन्द्रका निर्देशक वसन्त प्रसाद कोइरालाले जानकारी दिनुभयो ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
यस अवधिमा विद्यार्थीलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था गर्न सबै शिक्षा विकास तथा समन्वय एकाईलाई निर्देशन दिइएको केन्द्रले जनाएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको पत्र बमोजिम निर्वाचनका लागि मतदान तथा निर्वाचन सम्बन्धि व्यवस्थापकीय कार्य सञ्चालन गर्न विद्यालय बन्द गर्न निर्देशन दिइएको केन्द्रले जारी गरेको सूचनामा उल्लेख गरिएकाे छ ।साभार ईमेज खबर
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्