काठमाण्डाै – निर्वाचन आयोगले आज बेलुकासम्ममा सबै जिल्लामा मतपत्र ढुवानी हुने जनाएको छ ।मधेस प्रदेशका ८ जिल्ला बाहेक अरु जिल्लामा यसअघि नै मतपत्र ढुवानी भइसकेको छ । आज बेलुकासम्ममा सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
आयोगले हिजो पालिका चुनावका लागि आवश्यक मतपत्र छपाइको काम सकिएको जनाएको थियो । यसपालि दुई करोड सात लाख चार हजार मतपत्र छापिएको छ । ४३ पालिकामा पुनः मतपत्र छाप्नु परेकाले यसअघिको लक्ष्यभन्दा धेरै छपाइ भएको आयोगका प्रवक्ता पौडेलले बताउनुभयो ।
पुनः १३ लाख चार हजार मतपत्र छापिएको हो । आयोगले ६ महानगर र भक्तपुरका लागि आवश्यक मतपत्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि छपाइ थालेको थियो । पालिका चुनावका लागि कुल मतदाता एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना रहेका छन् । साभार उज्यालो अनलाईन
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्