काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु राखिएको भनिए पनि केही नभेटिएको विमानस्थल कार्यालयले जनाएको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
शंकास्पद वस्तुको हल्ला चलेपछि बिहान आन्तरिक उडान ठप्प पार्दै यात्रुलाई विमानस्थल बाहिर निकालेर अनुसन्धान थालिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सर्च अभियान चलाएर शंकास्पद वस्तुको खोजी गरेका तर केही नभेटिएको विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।
शंकास्पद वस्तुको हल्ला चलेपछि सेनाको डिस्पोजल टोली पनि विमानस्थलमा खटिएको थियो । शंकास्पद वस्तु केही नभेटिएपछि अब विमानस्थल सञ्चालन गर्ने तयारी भएको छ । केहीबेरमा रोकिएका आन्तरिकतर्फका उडान सुरु हुने उहाँले जानकारी दिनुभयो । बिहानदेखि आन्तरिक उडान रोकिँदा विमानस्थलमा यात्रुको भीड छ । साभार उज्यालो अनलाईन
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्