मिक्सरमा लुकाएर सुन ल्याएका युवक त्रिभुवन विमानस्थलबाट पक्राउ

होस्ट खबर २० बैशाख २०७९, मंगलवार
0 Min Read
Aa

काठमाण्डाै – मिक्सर मेशिनमा लुकाएर सुन ल्याएका एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ ।आज मङ्गलवार बिहान कुवेतबाट काठमाण्डौ आएका रुपन्देहीका २८ वर्षीय युवकलाई एक सय ग्राम सुनसहित पक्राउ गरिएकाे विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले जानकारी दिनुभयो । जाँचका क्रममा उनले ल्याएकाे मिक्सर मेशिनमा एक सय ग्राम सुन भेटिएकाे थियाे ।   विदेशबाट आउँदा नेपालीले कानुनी रूपमा ५० ग्राम बराबरको सुनका गहना ल्याउन पाउने व्यवस्था छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्