काठमाडौं । कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।पछिल्लो समय भारतमा कोरोना संक्रमणको दर बढ्न थालेको र नेपालमा पनि फैलिन सक्ने भन्दै मन्त्रालयले सतर्कता अपनाउन भनेको हो ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले कोरोना संक्रमण दर कम भएसँगै आम सर्वसाधारणले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको अब मापदण्ड पालना गर्नुपर्ने बताए ।
सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले भने, ‘विश्वव्यापी रुपमा संक्रमण घटेको भएपनि हामी बसेको क्षेत्रमा संक्रमण धेरै बढ्दै गइरहेको छ । त्यसमाथि पनि विशेष त भारतमा बढिरहेको छ । हाम्रोमा एकदमै चाँडै त्यही अवस्था आउँछ । हामीले पहिलो लहरमा पनि त्यो भोगेका र देखेका छौं’ उनले भने ।
पहिलो लहरम भारतमा संक्रमण उच्च बिन्दुमा पुगेको एक महिनाभित्र नेपालमा पनि संक्रमण बढेको र दोस्रो लहरमा दुई हप्तामै नेपालमा फैलिएको उनले बताए ।‘चुनाव लगायतका कारणले विदेशमा भएका आफन्तहरु फर्किंदै हुनुहुन्छ । यस्तो बेलामा जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न लगाउने र क्वारेन्टिनमा बस्न लगाउने कुरामा बढी ख्याल गर्नुपर्छ’ उनले भने ।
सहप्रवक्ता अधिकारीले अहिले भारतमा फैलिएको कोरोना ओमिक्रोनकै एउटा प्रजाती रहको प्रारम्भिक तथ्य फेला परेको बताए । यद्यपि यसबारेमा अध्ययन अनुसन्धान भइरहेकोले थप विवरण आउन समय लाग्ने उनको भनाइ छ ।साभार अनलाईन खबर
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्