काठमाण्डाै – निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धाक, धम्की नदिन भनेको छ । आयोगले आज शुक्रवार विज्ञप्ति निकालेर कतिपय उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, प्रलोभन र धरपकड गरेको सूचना आएको भन्दै यसमा आफ्नाे गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
उम्मेदवारले आफूलाई फिर्ता लिन इच्छा लागेमा राजीखुसीले लिखित सूचना दिएमा उम्मेदवारी फिर्ता हुन सक्ने भन्दै आयोगले उम्मेदवारी दर्ता गरेर चुनावी प्रक्रियामा भाग लिन पाउने जो कसैको पनि अधिकार नखोस्न भनेको छ ।
गठबन्धनमा आबद्ध दलहरूले स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई मनोनयन फिर्ताका लागि दबाब दिइरहेको खबरहरु सार्वजनिक भइरहेको बेला आयोगको यस्तो विज्ञप्ति आएको हो ।
साभार उज्यालो अनलाईन
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्