गौतमबुद्ध विमानस्थल जेठ २ गतेदेखि सञ्चालनमा आउने

होस्ट खबर १६ बैशाख २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं । नेपालको दोश्रो अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल आगमी जेठ २ गते बुद्ध पूर्णिमाको दिनदेखि विधिवत रुपमा सञ्चालनमा आउने भएको छ ।हालै निर्माण सम्पन्न सो विमानस्थलमा उडान र अवतरण जाँच्नका लागि नेपाल वायु सेवा निगमको वाइडबडी विमानले सफलतापूर्वक परीक्षण उडान गरेको छ ।

नेपाल वायु सेवा निगमले नेपालकै दोश्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलमा अपेरशनल डेमोन्स्ट्रसन फ्लाइट सफलता पूर्वक सम्पन्न गरेको छ । काठमाडौंदेखि भैरहवासम्मको यात्रा अवधि २७ मिनेटको रहेको सो विमान अवतरणका क्रममा रहदा भैरहवावासीले लाइनवद्ध भई विमान अवतरणको दृश्यावलोकन गरेको थियो ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले स्वयम सहभागी भएको परीक्षण उडानमा गौतमबुद्ध विमानस्थलमा अवतरण गरेपछि कर्मचारी, सुरक्षाकर्मी लगायतले विमान चालक दलका सदस्यसहित सम्बन्धित सहभागीहरुलाई फूलमालाले स्वागत गरेका थियो । दशकौंको प्रयासपछि निर्माण सम्पन्न उक्त विमानस्थलमा पहिलो वाइडबडी ए–३३० उडान गर्न पाउँदा गौरवको महसुस भएको नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट श्रवण अर्यालको अनुभव यस्तो छ ।

दशकौंको प्रयासपछि निर्माण पूरा भएको विमानको आगमण कक्षमा गौतम बुद्धको प्रतिमा राखिएको दृश्य सबैको आकर्षणको केन्द्र बनेको थियो । यद्दपी विमानस्थलमा पहिलोपल्ट चेकिङ गर्दा सुरक्षाकर्मी अलमलमा परेका थिए । विमानस्थल निर्माण हुनुमा बहालवालाका साथै पूर्वमन्त्री र कर्मचारीहरुको देन रहेको प्राधिकरणका निर्देशक प्रदीप अधिकारीको भनाइ छ ।नेपालको एकमात्र विमानस्थलबाट यात्रा गर्न बाध्य यात्रुहरुले अब यो विमानस्थल सञ्चालनमा आएसँगै यात्रा सहजीकरणमा दुईमत छैन ।

त्यसैगरी एयर ट्राफिकका कारण लामो समय काठमाडौंको आकाशमा होल्ड हुनुपर्ने विदेशी विमानहरुलाई छोटो दूरीमै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सहज अवतरण गराउन पनि सकिने भएको छ ।साभार ईमेज खबर

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्