२२ जिल्लामा मतपत्र पठाइयो

होस्ट खबर १५ बैशाख २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ का लागि ८८ प्रतिशत मतपत्र छापिसकेको बताएको छ ।आयोगले २२ जिल्लामा मतपत्र पठाउने कामसमेत सम्पन्न गरिसकेको जनाएको छ । आयोगका अनुसार २२ जिल्लामा ३४ लाख थान मतपत्र पठाएको छ ।

आयोगले बुधबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुुर, बझाङ, कैलाली, दार्चुला र डडेलधुरामा मतपत्र पठाएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १ को ताप्लेजुङ, पाँचथर र इलाममा पनि मतपत्र पठाइएको छ । पठाइएका मतपत्र केही दिनभित्रै सम्बन्धित पालिकामा पुगिसक्ने उनले जानकारी दिनुभयो ।

वैशाख १३ गते कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका ३ गरी तेह्र जिल्लामा मतपत्र पठाइएको थियो ।निर्वाचनका लागि कुल १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान आयोगले गरेको छ । आयोगले यसअघि नै निर्वाचन सम्बन्धी अन्य सामग्रीसमेत ढुवानी गरिसकेको छ ।साभार उज्यालो अनलाईन

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्