कास्की – कास्कीको पोखरा महानगरपालिका वडा नंम्बर २ अर्चलबोट स्थितमा जुवा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले ९ जना पक्राउ गरेको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
पोखरा महानगरपालिका वडा नंम्बर २ अर्चलबोटमा जुवा खेलिरहेका ९ जना १ लाख २४ हजार ७ सय ३० रुपैयाँ सहित पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयाे । प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ८ दिन म्याद थप गरी अनुसन्धान भइरहेको उहाँले बताउनुभयाे ।
पक्राउ पर्नेमा पोखरा २ अर्चलबोटका रामबहादुर पुन, चक्र पुर्जा, पोखरा १५ रामबजारकी स्वस्तिका पुन, पोखरा १९ का मनोज पुन, उमेश मगर, टेकबहादुर गर्बुजा, पोखरा ११ की दिपा पुन, पोखरा २५ हेम्जाका शिवप्रसाद सापकोटा र पोखरा १८ सराङकोटका कृष्ण थापा रहेका छन् ।साभार उज्यालो अनलाईन
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्