विप्लवद्वारा सचिवालय सदस्य वली र बास्तोलालाई पार्टीबाटै निष्कासन

होस्ट खबर १४ बैशाख २०७९, बुधबार
1 Min Read
Aa

काठमाण्डाै – विधान विपरीतका क्रियाकलाप गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकास वली र धर्मेन्द्र बास्तोलालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीबाट निष्कासन गर्नुभएको छ ।

विप्लवले आज विज्ञप्ति निकालेर क्रान्तिको सामान्य सिद्धान्त विपरीत पार्टी बैठकका निर्णय र नेतृत्व विरुद्ध सञ्चारमाध्यममा छाडा र अराजक अन्तर्वार्ता दिने तथा वक्तव्य जारी गर्ने जस्ता क्रियाकलाप गरेको भन्दै वली र बास्तोलालाई निष्कासन गरिएको जानकारी दिनुभएको छ । पार्टीले पालिका तहको चुनावमा पठाएका उम्मेदवारलाई सहयोग गर्नुको साटो फिर्ता बोलाउने र कारबाहीको धम्की दिने जस्ता गैर जिम्मेवार काम गरेको विप्लवको आरोप छ ।

हेमन्त र धर्मेन्द्र बास्तोलाले अहिले पालिका चुनावको विषयलाई असन्तुष्टिको एजेण्डा बनाए पनि उनीहरुले पहिले देखि नै पार्टी र नेतृत्व विरुद्ध गतिविधि गरेकाले पार्टीबाटै निष्कासन गर्नु आफ्नो बाध्यता भएको विप्लवको भनाई छ । आफ्नो संयमता र धैर्यतालाई हेमन्तप्रकास वली र धमेन्द्र बास्तोलाले कमजोरीको रुपमा लिएर अराजक बन्दै गएको परिणाम अहिले देखिएको भन्दै विप्लवले पार्टीको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका सबैलाई सहयोग गर्न पार्टीका नेता/कार्यकर्तालाई निर्देशन पनि दिनुभएको छ ।

साभार उज्यालो अनलाईन

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्