काठमाण्डाै – सत्तारुढ पाँच दलीय गठबन्धनले बागी उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधवार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूको बैठकले महानगरपालिका, उपमहानगरपालिका र गठबन्धन भएका पालिकामा परेको बागी उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको हो ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
बैठकले गरेको सात बुँदे निर्णयअनुसार ६ वटा महानगर र ११ वटा उपमहानगरपालिकामा गठबन्धनको निर्णय विपरीत दर्ता भएका उम्मेदवारी सम्बन्धित दलले फिर्ता गर्ने, गठबन्धन दलका सदस्यले स्वतन्त्र हैसियतमा दिएको उम्मेदवारी पनि सम्बन्धित दलले नै गराउने, गठबन्धनको प्रदेश र जिल्ला बैठक बसेर आजै महानगर र उपमहानगरका वडामा आजै सिट बाँडफाँटको साझेदारी गर्ने उल्लेख छ ।
यस्तै नगरपालिका र गाउँपालिकामा गठबन्धन दलका बीचमा भइसकेको सिट बाँडफाँट समझदारी विपरीत परेका उम्मेदवारी फिर्ता गराउने, समझदारी हुन नसकेका पालिकामा आजै स्थानीय र प्रदेश संयन्त्रले समझदारीका लागि पहल गर्ने उल्लेख छ । गठबन्धनका दलले गठबन्धनभित्रका दलबाहेक अरू दलसँग तालमेल नगर्ने र तालमेल भएका ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने पनि सहमति भएकाे छ ।
केन्द्रमा पाँच दलबीच चुनावी तालमेलको सहमति भए पनि स्थानीय स्तरमा भने तालमेल नमान्ने, बागी र स्वतन्त्र उम्मेदवारी दिने, विवाद गर्ने जस्ता क्रियाकलाप भइरहेका छन् । साभार उज्यालो अनलाईन
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्