काठमाण्डाै – निर्वाचन आयोगले आजदेखि पालिका चुनावका लागि आवश्यक पर्ने मतपत्र ढुवानी सुरु गर्ने तयारी गरेको छ ।मतपत्र ढुवानीका लागि आवश्यक परेमा हेलिकप्टर पनि प्रयोग गर्ने आयोगको तयारी छ । आयोगकाअनुसार दुर्गमका जिल्लाका लागि सुरुमा मतपत्र छापिएको थियो । त्यसपछि अहिले क्रमशः सुगमका जिल्लाका लागि मतपत्र छपाइ भइरहेको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
आउँदो ३० गते हुने चुनावका लागि आवश्यक पर्ने मतपत्रको ८० प्रतिशत छपाइ सकिएको पनि आयोगले जनाएको छ । हिजोसम्ममा ६३ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मतपत्रको छपाइ सकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
बाँकी जिल्लाको मतपत्र छाप्ने काम भइरहेको उहाँले बताउनुभयो । पालिका चुनावका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान छ । यसैबीच, निर्वाचन आयोगले ७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाउने काम पूरा गरेको जनाएको छ ।
साभार उज्यालो अनलाईन
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्