सम्झौताको ७ महिना अगावै जहरे-झिङ्गनी सडक कालोपत्रे सम्पन्न

होस्ट खबर ९ असार २०८२, मंगलवार
2 Min Read
Aa

भेरीगंगा/सुर्खेत : निर्माण सम्झौता सकिनु सात महिना अघि नै निर्माण कम्पनीले भेरीगंगा ९ र भेरीगंगा ६ झिङ्गनीबजार जोड्ने सडक कालोपत्रे सम्पन्न भएको छ। भेरीगंगा नगर पालिका सुर्खेतको जहरे लेकझिङ्गनि सडक खण्डमा सात महिना अघि सडक कालोपत्रे सम्पन्न भएको हो।

२०८२ पुष ३० गते कालोपत्रे सक्नुपर्ने ठेकेदार पक्षले असार पहिलो सातामै कालोपत्रे सकेको हो। भेरीगंगा ९ को सिमलको रुखदेखि झिङ्गनी स्कुलसम्मको सडक कालोपत्रेको असार ८ गते काम सम्पन्न भएको भेरीगंगा ६ का वडाअध्यक्ष लालसिह विसीले जानकारी दिनुभयो । पुर्वाधार विकास निर्देशनालय वीरेन्द्रनगर सुर्खेतको सहयोगमा जहरे लेक झिङ्गनी रोड कालोपत्रे सूरु भएको थियो। २ करोड ९९ लाख ४४ हजार ३२६ रुपैंया ४७ पैसामा सडक कालोपत्रेका लागि २०८१ चैत २९ गते सम्झौता भएको थियो । काम सम्पन्न गर्नुपर्ने २०८२ पुष ३० गते मिति तोकिएको थियो। निर्माण कम्पनी न्यु दिपक के एल जेभीले ७ महिना अघि नै कालोपत्रे सकेका हुन् । २०८१ चैत २१ गते सडक निर्माणको शिलान्यास भएको थियो। यस सडक कालोपत्रेको लागि आवश्यक पहलकदमी गरि बजेट व्यवस्थापन नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका उपसभापति पुर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले गरेको वडाअध्यक्ष बिसीले बताए ।

ठेक्का सम्झौता अबधिभन्दा अगावै काम सम्पन्न गर्ने ठेक्का कम्पनीले गर्दा यस क्षेत्रका नागरिकलाई बर्षात अगाडी आवतजावतमा सहज भएको छ। यसअघि जहरेबजारबाट झिङ्गनीबजार अटो, मोटरसाईकलमा आवतजावत गर्न २० मिनेट बढी लाग्थ्यो । सडक कालोपत्रे भएसंगै अव ५ देखि ७ मिनेटको जहरेबाट झिङ्गनी बजार पुगिन्छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्