सुर्खेत/गुर्भाकोट : वडा र पालिका क्षेत्रमा सडक विस्तार लगायत पुर्वाधार कामको सहजताका लागि गुर्भाकोट नगरपालिकाले नँया जेसीवी डोजर खरिद गरेको छ ।

पालिकाले पूर्वाधार विकास, सडक मर्मत तथा विपद् व्यवस्थापन कार्यलाई अझ प्रभावकारी बनाउन गुर्भाकोट नगरपालिकाले नयाँ एक जिसीवी खरिद गरेको हो । नगरपालिकासंय यसअघि एउटा मात्र जेसिवी रहेको थियो । अब नगरपालिकासँग दुईवटा जेसीवी डोजर रहेको छ ।
नँया डोजर आएसंगै नगरभित्र आकस्मिक उद्धारदेखि विकास निर्माणका कामहरू अझ छिटो, प्रभावकारी र व्यवस्थित हुने आशा गरिएको छ । नँया जेसीवीको नगर प्रमुखको उपस्थितीमा पुजा समेत गरिएको छ












प्रतिक्रिया दिनुहोस्