सुर्खेत : नेपाली कांग्रेस भेरीगंगा नगरकार्यसमितिको अगुवाईमा कांग्रेसका नेताहरुले भेरीगंगा नगरपालिकाका मेयर यज्ञप्रसाद ढकाललाई नगरभित्रका वडा, नगरमा विकासका समस्या र बजेट निर्माणका विषयमा ध्यानाकर्षण गराएका छन् । मंगलबार नगरपालिकामा पुगेर नेपाली कांग्रेसका नेताहरुले आगामी आर्थिक बर्ष २०८२/०८३ को विकास निर्माणका विषयमा समेत ध्यानाकर्षण गराएका हुन् ।

आफुहरुले नगर प्रमुखलाई नगरभित्र आगामी आर्थिक बर्षको बजेट निर्माण र विकास समस्या बारे ध्यानाकर्षण गराएको नेपाली कांग्रेस नगर सभापति रामबहादुर सिंहले जानकारी दिएका हुन्। स्थानीय सरकार भेरीगंगा नगरपालिका सुर्खेतमा नेपाली कांग्रेस भेरीगंगा नगरकार्यसमितिको संयोजन, नेतृत्वमा पार्टीका नेता, जननिर्वाचित प्रतिनिधिहरुले नगर प्रमुख ढकाल, उपप्रमुख धनसरा बोहरा, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पोखरेलसंग समसामयिक बिषय बिकास निर्माण लगायत वजेट निर्माण, वडा, नगर तहमा देखिएका समस्या र प्रदेश, संघिय सरकारसंग समन्वय गर्नपर्ने बिषयमा ध्यानाकर्षण गराएको सभापति सिंहले बताए । नगर प्रमुख ढकालले ध्यानाकर्षण पत्र बुझि अध्ययन गरि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
टोलीले बुझाएको ध्यानकर्षण पत्रमा विकास निर्माणका सडकहरु, विद्युतीकरण, स्वास्थ्यतर्फ, पर्यटनतर्फ, शिक्षातर्फ, दलित शसक्तिकरण ऐन कार्यान्वयन, ओएनएमतर्फ, कृषितर्फ, सिँचाईतर्फ, खानेपानीतर्फ, युवा लक्षित स्वरोजगार कार्यक्रम, विषयगत समिति, आर्थिक व्यवस्थादेखि बजेट विनियोजन सम्बन्धित विषयमा ध्यानकर्षण गराएको हो।
ध्याकर्षण कार्यक्रममा नेपाली कांग्रेस कर्णाली प्रदेश सदस्य रेणु आचार्य, मानबहादुर बुढा, जिल्ला कार्यसमिति सदस्य भुपेन्द्र चन्द, क्षेत्रीय सचिव पदम खत्री, नगर सभापति रामबहादुर सिंह, नगर सचिव लालसिंह बिसी, वडा सभापतिहर कर्णबहादुर मिजार, नरबहादुर विक, नगर सदस्य शेरबहादुर कामी, नगर दलित संघ अध्यक्ष हिराबहादुर विक लगायतको सहभागीता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्