सुर्खेत एरीचोकको एक गोदाममा आगलागी, खाद्य बस्तु जलेर नष्ट

होस्ट खबर २६ बैशाख २०८२, शुक्रबार
1 Min Read
Aa

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर ऐरीचोकस्थित ओली स्टोर्स एण्ड सप्लायर्सको गोदाममा आगलागी भएको छ । गए राति १ बजे गोदाममा लागेको आगो सशस्त्र प्रहरी बल बाँङ्गेसीमल, नेपाल प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको अग्नी दस्ताको संयुक्त प्रयासबाट करिब साढे तीन घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

आगलागीबाट खाने तेल, विस्कुट, चाउचाउ, पेय पदार्थलगायतका वस्तु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । गोदाममा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीबाट भएको क्षतिको विवरण प्रहरीले संकलन गरिरहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्