सुर्खेतमा मिनी बसको ठक्करबाट एकको मृत्यु

होस्ट खबर ७ बैशाख २०८२, आईतवार
1 Min Read
Aa

सुर्खेत : सुर्खेतमा मिनी बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार बिहान वीरेन्द्रनगर नगरपालिका- १ को रेडियो नेपालचोकमा कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको मिनी बसले ठक्कर दिँदा ५० वर्षका कालिबहादुर बुढाको मृत्यु भएको हो ।

जुम्लाको हिमा गाउँपालिका घर भएका बुढालाई धारापानीबाट बरपार्कतर्फ जाँदै गरेको गाडीले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कार्यालयका प्रहरी नायब निरीक्षक योगेन्द्र रेग्मीले सख्त धाइते भएका बुढाको उपचारका क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको बताए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्