काठमाडौं : आज २०८१ चैत २८ गते बिहीवार, तद्अनुसार १० अप्रिल २०२५ । आज चैत शुक्ल त्रयोदशी, प्रदोष व्रत, महावीर जयन्ती, सूर्योदय बिहानस् ०५:४४ बजे, सूर्यास्त साँझस् १८:४४ बजे ।

आजको राशिफल
मेष (चु, चे, चो, ला, ली, लू, ले, लो, अ, आ)
पुरानो रोगले समस्या दिन सक्छ । अज्ञात डरले सताउन सक्छ । बोलीमा नरम शब्दहरूको प्रयोग गर्नुहोस् । वैवाहिक प्रस्ताव आउन सक्छ । परिवारमा सुख(शान्ति कायम रहने छ ।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
शत्रुको डर रहने छ । जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । शारीरिक कष्ट सम्भव छ । जोखिम र जमानतसम्बन्धी कार्य नगर्नु होला । जग्गा(जमिनको किनबेचको योजना बन्ने छ । आर्थिक प्रगति हुनेछ । लगानी शुभ रहने छ । जागिरमा अधिकारीहरू प्रसन्न रहने छन् । पारिवारिक सहयोग प्राप्त हुनेछ । शुभ समय छ ।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, ह)
कुनै रमाइलो कार्यक्रममा सहभागी हुने अवसर प्राप्त हुनेछ । यात्रा रमाइलो हुनेछ । विद्यार्थीले सफलता हासिल गर्नेछन् । व्यवसायमा बुद्धिको प्रयोगले प्रगति हुनेछ । जागिरमा सहकर्मीहरूको सहयोग प्राप्त हुनेछ ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डू, डे, डो)
लेनदेनमा हतार नगर्नुस् । पुरानो रोग दोहोरिन सक्छ । दुस्खद समाचार प्राप्त हुन सक्छ । कसैको उक्साहटमा नआउनुस् । अवस्था बिग्रन सक्छ । आवश्यक निर्णय सोचविचार गरेर लिनुस् । व्यवसाय ठीक चल्ने छ । जागिरमा कार्यभार बढी हुनेछ ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
पराक्रम र प्रतिष्ठा बढ्ने छ । घरबाहिर मान/सम्मान बढ्ने छ । आम्दानीमा वृद्धि हुनेछ । व्यवसायको विस्तार हुनेछ । जागिरमा पदोन्नति सम्भव छ । प्रयासहरू सफल रहने छन् । साझेदारको सहयोग प्राप्त हुनेछ । लगानी लाभदायक हुनेछ । घरमा सुख(शान्ति रहनेछ ।
कन्या (ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
आम्दानी बढ्ने छ । व्यवसाय लाभदायक रहने छ । दुर्जनले हानी पुर्याउन सक्छन् । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाको आगमन हुनेछ । खर्च बढ्ने छ । आत्मविश्वासमा वृद्धि हुनेछ । जोखिम उठाउने साहस हुनेछ । लगानी शुभ हुनेछ ।
तुला (रा, री, रू, रे, रो, ता, ती, तू, ते)
प्रेम सम्बन्धमा आशातीत सफलता प्राप्त हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ मिल्ने छ । सट्टेबाजी वा लटरीबाट टाढा रहनुहोस् । व्यवसायको विस्तार हुनेछ । जागिरमा पदोन्नति सम्भव छ । सुखका साधन जुट्नेछन् ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
राजनीतिक डर रहने छ । विवाद बढाउन नदिनुस् । लेनदेनमा हतार नगर्नुस्, घाटा हुन सक्छ । शारीरिक कष्ट सम्भव छ । अप्रत्याशित खर्च आउन सक्छ । व्यवस्थापनमा कठिनाई हुनेछ । अरूबाट अपेक्षा नगर्नुहोस् । आम्दानी स्थिर रहने छ ।
धनु (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
व्यावसायिक यात्रा सफल हुनेछ । आँखामा पीडा हुन सक्छ । मानसिक बेचैनी रहने छ । बाँकी पैसा उठाउन सकिने छ । लाभका अवसरहरू मिल्ने छन् । अधिकार प्राप्तिको योग छ। साझेदारको सहयोग मिल्नेछ । जागिरमा उच्च अधिकारीहरू प्रसन्न रहने छन् ।
मकर (भो, जा, जी, खी, खू, खे, खो, गा, गी)
सरकारबाट प्रसन्नता मिल्ने छ । कुनै ठूलो काम बन्न सक्छ । नयाँ योजना बन्नेछ। नयाँ कार्य सुरु गर्न सकिने छ । सामाजिक कार्य गर्ने मौका मिल्ने छ । प्रतिष्ठा बढ्ने छ । स्वास्थ्य कमजोर रहने सम्भावना छ । नयाँ समस्या आउन सक्छ। व्यवसाय ठीकठाक चल्नेछ ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
आँखाको चोट वा रोगबाट बच्नुस् । धन प्राप्ति सजिलो हुनेछ । सुखका साधन जुट्नेछन् । व्यवसाय लाभदायक हुनेछ । जागिरमा उच्च अधिकारीहरू प्रसन्न रहनेछन् । थकान र कमजोरी महसुस हुन सक्छ । अदालतका काम सुल्झने छन् । पूजा(पाठमा मन लाग्ने छ ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
पुरानो रोग दोहोरिन सक्छ । अनहोनीको डर रहने छ । अधीनस्थहरूसँग भनाभन हुन सक्छ । साझेदारसँग मतभेद हुन सक्छ । सवारी वा मेसिन प्रयोगमा सावधानी अपनाउनुस् । बनेका काम बिग्रन सक्छन् । आम्दानी स्थिर रहने छ ।












प्रतिक्रिया दिनुहोस्