दैलेखमा रुख काट्दा दुई जनाको च्यापिएर मृत्यु

होस्ट खबर १ चैत्र २०८१, शनिबार
1 Min Read
Aa

दैलेख : दैलेखमा रुख काट्ने क्रममा च्यापिएर दुई जनाको मृत्यु भएको छ । शुक्रबार बिहान भैरवी गाउँपालिका–५, ढाडगाउँस्थित सियाला सामुदायिक वनमा दाउरा काट्न गएका ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाहीको रुखले च्यापिएर मृत्यु भएको हो ।

वार्षिक पुन्य तिथिका लागि दाउरा काट्न गएका उनीहरूको रुख ढाल्नेक्रममा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालले जानकारी दिए ।

उनका अनुसार सल्लाको रुख ढाल्ने क्रममा घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्