सुर्खेत भेरीगंगा-९ का वडाध्यक्ष आग्रीको निधन

होस्ट खबर २० फाल्गुन २०८१, मंगलवार
0 Min Read
Aa

सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिका- ९ का अध्यक्ष प्रेमबहादुर आग्रीको निधन भएको छ । भारतको महाराष्ट्रमा उपचाररत आग्रीको आइतबार मध्यराति निधन भएको हो ।

क्यान्सरको उपचारका क्रममा उहाँ विगत एक वर्षदेखि भारतमा हुनुहुन्थ्यो । पारिवारिक स्रोतका अनुसार उहाँको मिर्गौलामा पनि समस्या थियो ।​​ आग्री नेपाली कांग्रेसबाट २०७९ मा निर्वाचित भएका थिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्